मनकारी पर्यटनमन्त्री आले, फिल्म बनाउन दिए पाँच महिनाको तलब
काठमाडाैं | जेठ २५, २०७९
काठमाडौ: पर्यटनमन्त्री प्रेमबहादुर आलेले फिल्म ‘सर्वजीत’ फिल्म निर्माणको लागि भन्दै पाँच महिनाको तलब प्रदान गरेका छन् ।
मन्त्रालयमा बिहीवार आयोजित कार्यक्रममा मन्त्री आलेले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब रकम निर्देशक दिनेश डीसी र दलित महिला नेपालकी संस्थापक अध्यक्ष गौरा नेपालीलाई हस्तान्तरण गरे ।
फिल्म निर्माणका लागि अन्य निकायबाट पनि अर्थ सहयोग जुटाउन आफूले सहयोग गर्ने वचन मन्त्री आलेले दिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा आलेले सहयोग प्रतिबद्धता जनाएका थिए ।
भदौदेखि छायांकन सुरु हुने फिल्मले दलित आन्दोलनका अभियन्ता भगत सर्वजीत विश्वकर्माको जीवन चित्रण गर्नेछ । दलित महिला केन्द्रले निर्माण गर्ने फिल्मका कलाकार यसैसाता सार्वजनिक हुने जनाइएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

